मंगलबार झिनो अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार १५:४२

काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयरबजार आज झिनो अंकले घटेको छ । आज साताको शेयर। कारोबारको तेस्रो दिन नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ ।

यस्तै, नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड इन्डेक्स बढेको छ भने अन्य १० इन्डेक्स घट्न पुगेको छ ।

यसअघि सोमबार नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।