प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १०:०२
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल हुनेछ । पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो ।