निजगढ विमानस्थलको निर्माण अब छिट्टै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार १६:०१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अब छिट्टै निजगढ विमानस्थलको निर्मण कार्य सुरु गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले आज पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै सो कुराको घोषणा गरेको हो ।

उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल संचालनमा अएको छ । अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल संचालनमा आएसँगै पोखराबाट सिँधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत उनले बताए ।

यस्तै, आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने उनले प्रतिबद्धता जनाए ।