आज पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार ०८:४५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ ।

यस्तै, दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति प्रदेश १ को पहाडी भूद्दभागका एक÷दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको महाशाखाले जनाएको छ ।