यस साता प्रतितोला ११०० ले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस सातामा सुन प्रतितोला ११०० रुपैयाँले बढेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता प्रतितोला ११ सय रुपैयाँले सुनको भाउ बण्ेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बटेर १ लाख १४ सय रुपैयाँ कायम भएको हो । साताको पहिलो कारोबार दिन आइतबार एकैदिन २०० रुपैयाँले सुनको मूल्य बढेको थियो ।
यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २०० र बुधबार ४०० ले बढेको थियो । जुन बिहीबार पुनः २०० रुपैयाँले घटेको थियो भने शुक्रबार एकैदिन ५०० रुपैयाँले बढेको थियो ।
यस्तै, यस साता चाँको भाउ पनि प्रतितोलामा ५ रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ रहेको जानकारी दिएको थियो । जुन यो साता बढेर तोलामा १३ सय ९५ रुपैयाँ पुगेको छ ।
