एक सातामा १६१ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार १७:२३
file-photo

काठमाडौं । शेयरबजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बढेर २०३० को हारहारीमा पुगर रोकिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन महिनापछिकै उच्च हो ।

अघिल्लो हप्ताको बिहीबार अर्थात् डिसेम्बर २२ मा ०.०११९ अंकले घट्दै १८६७.२३ विन्दुमा रोकिएको नेप्से सूचक डिसेम्बर २९ सम्मा १६१ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेर रोकिएको हो ।

यस साताको बुधबार ११.८०६३ अंकले बाहेक अन्य तीन दिन नै नेप्से सूचक उच्च अंकले वृद्धि भएको छ । यस साता १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।