बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘तमु ल्होछार’ को शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तमु अर्थात् गुुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले तमु अर्थात् गुरुङ समुदायमा प्रचलित पन्चांग अनुसार आजदेखि बाँदर वर्गको वर्ष समाप्त भएर चरा वर्गको नयाँ वर्ष शुभारम्भ भएको भन्दै यसका अवसरमा शुभकामना दिएका हुन् ।
‘तमु ल्होछार’ गुरुङ समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने पर्व भएको प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रदेश प्रमुख शर्माको शुभकामनामा भनिएको छ, ‘नववर्ष आरम्भको यस सुखद् घडीमा ल्होछार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनु हुने दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुप्रति सुख,शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
