हेटौंडाका १२ वर्षीय बालक मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १८:१२
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार एक जना बालकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ हटिया चिसापानीस्थित एक जना बालकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव स्थानीय १२ वर्षीय बालक मुस्कान भनिने सुजन थिङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतकको शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, बालकको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।