लोक सेवा आयोग हेटौंडाले एकैपटक माग्यो ६२९ जना कर्मचारी

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १०:५१
file-photo

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले एकैपटक ६२९ जना कर्मचारी मागेको छ । आयोगले सोमबारको गोर्खापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।

प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय र स्थानीय तहका लागि भनेर पाँचौ तहका ६२९ जना कर्मचारी माग गरेको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रदेश लोक सेवा आयोगले ५२ वटा स्थानीय तहका ४८१ जना र प्रदेश सरकारका लागि १४८ जना कर्मचारी माग गरिएका छ ।

अहिलेको पाँचौ तहको परिक्षामा टिकमार्क, लिखीत परिक्षा र मौखिक समेत हुने अध्यक्ष श्रेष्ठले बताए ।