मन्त्रीबारे छलफल गर्न ११ बजे नयाँ सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका ७ दलको बैठक बोलाइएको हो ।
संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।
उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न ४ बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
