राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् । पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
पाण्डेभन्दा पहिले नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री भएका थिए । पाण्डेले प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।
