बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैयामा बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । स्थानीय कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीक अनुसार, आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर बिजयन्त गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
