एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ पुष ४, सोमबार ०८:३९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए । आईतबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल अगाडि बढाउने निर्णय गरेको थियो ।

यसका लागि पार्टी अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।