जेसीआई हेटौंडाको अध्यक्षमा श्रवण कुमार बर्तौला
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२३ का लागि अध्यक्षमा श्रवण कुमार बर्तौला निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का आकांक्षी पंकज कुमार बनियाँले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएसँगै बर्तौला जेसीआई हेटौंडाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसअघि शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ पनि ४ जना सर्वसम्मत निर्वाचित भएका थिए ।
उपाध्यक्षमा क्रमशः सन्तोष पराजुली, मिलन ढकाल, सञ्जय न्यौपाने र राजुप्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएका छन् ।
