बागमती गोल्डकप पुस २२ गतेदेखि सुरु हुने

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार १६:३५
file-photo

मकवानपुर । मकवानपुरको प्रतियोगितामा गाउँपालिकाको आयोजनामा यही पुस २२ गतेदेखि पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

उक्त प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियोगिताको बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजकसहित ए डिभिजन क्लबको सहभागिता रहनेछ । यसअघि भएको चौथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।