पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यस्तै, एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।
