विप्लव नेतृत्वको नेकपाद्वारा चरणबद्ध आन्दोलन घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने घोषणा गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न विप्लव नेकपाले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
विप्लवले पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने जनाएको छ ।
आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
