दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २९, बिहीबार १६:३३

काठमाडौं । काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएका अन्दाजी २२ वर्षीय निर्मल लामा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२–०१८ प ४९४० नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा लामाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर लामा गम्भीर घाइते भएका थिए । घाईते उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।