झिनो अंकले घट्यो नेप्से परिसूचक, ७२ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १६:३६

काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ ।

यसअघि मंगलबार शेयरबजार २.२५ अंकको गिरावट आएर १८९९ को विन्दुमा कायम भएको थियो ।

आज नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँमाथिको कारोबार भएको थियो ।