काभ्रे दुर्घटनामा मृत्यु भएकाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार ०९:३८
file-photo

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परेर मृत्यु भएका १८ जनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा परी मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

साथै उनले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार साँझबा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये हालसम्म १३ जनाको सनाखत भएको छ । दुर्घटनामा परेर २२ जना घाइते भएका छन् ।