आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार १५:३५

बुटवल । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा–१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विक रहेको जिल्ला प्रहरी कार्षलय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार साँझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर मृत्यु भएको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन पुर्‍याइएको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।