आईतबार शेयरबजारमा उच्च अंकको गिरावट

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार १६:०८

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेले दर्जन भन्दा बढी कम्पनीको शेयर कारोबार फुकुवा गरेतापनि लगानीकर्ताहरुमा शेयर किनबेच गर्नमा कुनै पनि उत्साह नखेको जनाइएको छ ।