हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा बागमती प्रदेश सरकारको सहयोगमा अब मृगौला प्रत्यारोपण हुने भएको छ ।
अस्पतालमा मृगौला प्रत्यारोपणको केन्द्र स्थापना गर्ने गरी हेटौंडा अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच मंगलबार त्रिपक्षिय सम्झौता भएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे, स्वास्थ्य मन्त्री निमा लामाको सहभागितामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् ।
मृगौला प्रत्यारोपण केन्द्र स्थापनाको लागि बागमती प्रदेश सरकारले ८ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
