आज हेटौंडामा नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट हुँदै
मकवानपुर । नेपालको चर्चित नेपथ्य ब्याण्डले बागमती प्रदेशको राजधानी हेटौंडामा आज लाइभ कन्सर्ट गर्ने भएको छ ।
मानवसेवा आश्रमको आयोजनामा आज हेटौंडा– ४ भुटनदेवी स्कुत चौरमा दिउँसो ४ बजेदेखि ‘नेपथ्य लाइभ कन्सर्ट’ को लाइभ कन्सर्ट हुने भएको हो ।
आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौंडामा अझै भव्य कार्यक्रम बनाउने गरी तयारी गरिएको बताए ।
कार्यक्रममा मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमका लागि टिकट बिक्री करिब/conकरिब सकिएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
