१६ अंकले घट्यो नेप्स परिसूचक

तु खबर संवाददाता
२०७९ मंसिर २१, बुधबार १६:१७

काठमाडौं । उतारचढावकाबीच बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने माथि उक्लिएको छ ।

सर्वाधिक आज सानिमा बैंकको प्रोमोटर शेयर मात्रै ६७ करोडमाथि भएको छ । त्यस्तै, आज नेप्से घटेपनि खप्तड लघुवित्तको ६.०९ प्रतिशतले शेयरमुल्य बढेको छ ।