दराजले थिचेर साढे २ वर्षीया बालिकाको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मा दराजले थिचेर साढे २ वर्षीया बालिका मृत्यु भएको छ । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार बिहान दराजले थिचेर गम्भीर घाइते भएकी बालिकाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले जनाएको छ ।
