वडाध्यक्ष जोशीको निधन

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार ०८:१४

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । वडाध्यक्ष जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार निधन भएको हो ।

प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अवस्थामा रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।