दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार ०९:४४
File Photo

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति १० बजेको समयमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालिमा खसी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया–५ श्रिपुर बस्ने अन्दाजी ३० वर्षीय श्याम लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, दुर्घटना परेर लामा गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि हेटौंडा–११ थाहाभर्याङस्थित चुरेहिल अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक लामाको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा रािखएको जनाइएको छ ।