रुकुम पश्चिममा एक महिला मृत फेला

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार ०८:०९

रुकुम । पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार एक जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।