हेटौंडा अस्पतालमा मातृ तथा बाल स्वास्थ्य क्लिनिक संचालन

तु खबर संवाददाता
२०७९ मंसिर १३, मंगलवार १७:२५

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पातलको पुरानो ओपिडी भवनमा मातृ तथा बाल स्वास्थ्य सेवा क्लिनिकको सेवा संचालन गरिएको छ ।

उक्त क्लिनिक स्वास्थ्य कार्यालय मकवानपुरको समन्वय एवम् हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहयोगमा संचालनमा आएको हो । क्लिनिकको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गरेका थिए ।

क्लिनिकबाट हरेक दिन मातृ तथा बाल स्वास्थ्य सम्बन्धी सेवाहरु लिन सकिने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार, क्लिनिकबाट आइतबार बाल खोप, ५ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुुगमन सेवा लिन सकिनेछ ।

यस्तै, सोमबार गर्भवती जाँच टीडी खोप, उत्तर प्रसुती जाँचको सेवा, मंगलबार परिवार नियोजनको अस्थायी साधन तथा परामर्श सेवा लिन सकिनेछ ।