आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०९:४२

रौतहट । रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । गएराति ११ बजे बजेको समयमा विद्युतको तार सर्ट भई गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुन रहेका छन् । यस्तै, २६ वर्षीय महमद ईशराईल, २४ वर्षीय नसिमा खातुन, ८ वर्षीय महमद ईमरान घाइते भएका छन् ।

उक्त आगो गौर नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।