हेटौंडा– ६ को मतगणनापछि पनि एकालाल श्रेष्ठकै अग्रता
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) अन्तरर्गत हेटौंडा–६ को मतगणनापछि पनि नेकपा एमालेका एकलाल श्रेष्ठले अग्रता कायमै राखेका छन् ।
वडा नम्वर ६ को मतगणनापश्चात एमालेका एकालाल श्रेष्ठको हालसम्मको मत १३ हजार ३६६ रहेको छ । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले १२ हजार ७७९ मत पाएका छन् ।
एकालालले आनन्दरामलाई ५८७ मतले पछि पारेका छन् ।
त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले ११ हजार ९२२ मत पाएका छन् ।
अब हेटौंडा १० नम्वर वडाको मात्रै मत गणना गर्न बाँकी रहेको छ ।
