धादिङ–१ मा गठबन्धनका पाण्डे १८३ मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:२१
file-photo

धादिङ । धादिङ क्षेत्र नम्वर १ को मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता लिएका हुन् ।

गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका भूमि प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेकोा छन् ।

कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार २८२ मत खसेको थियो ।