काठमाडौं–१ मा रवीन्द्र मिश्रको अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १५:५१
file-photo

काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा अनुसार, राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै मिश्रले अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार सिंहले २ हजार ३०२ मत प्राप्त गरेका छन् भने मिश्रले २ हजार ४१६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका किरण पौडेलले १ हजार १५५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३६५ मत र रमेश खरेलले १ हजार ६६ मत प्राप्त गरेका छन् ।