प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बर्तौलाले गरे मतदान

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार १२:३८

मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदवार महेश बर्तौलाले मतदान गरेका छन् ।

उनले भीमफेदी गाउँपालिका वडा नम्वर ९ बाघमारा बाख्रा फार्म मतदान केन्द्रबाट  दिउँसो १२ बजे मतदान गरेका हुन् ।

त्यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नम्वर २ (ख) का उम्मेदवार लालबहादुर थापाले पनि मतदान गरेका छन् । थापाले राक्सिराङ गाउँपालिका-३ सुर्योदय माविस्थित मतदानस्थलमा मतदान गरेका हुन् ।

मतदान गर्दै लालबहादुर थापा