मकवानपुरमा तीन जना किरियापुत्रीले गरे मतदान

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार ११:१०

मकवानपुर । मकवानपुरको मनहरीमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् । आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनअन्तरग मनहरी–४ स्थित पशुपतिनाथ मावि मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेको मतदान अधिकृत भैरबबहादुर कुमालले जानकारी दिए ।

उनका अनुसार, किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र (क), राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र (ख) मा मतदान गरेका हुन् । उनीहरु दाजुभाई हुन् । आफ्नी आमा मैया खड्काको निधनको चौथो दिन उनीहरुले किरियापुत्रीको पहिरनमै मतदान गरेका हनु् ।