रौतहटको दुई स्थानमा मतदान कार्य स्थगित
रौतहट । रौतहटमा दुई स्थानको मतदान कार्य स्थगित भएको छ । मतदानाका क्रममा गोली चल्दा जिल्लाको गुजरा नगरपालिका र गरुडामा मतदान कार्य स्थगित भएको हो ।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।
