प्रदेश सभा सदस्य पदका उम्मेदवार श्रेष्ठले गरे मतदान
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले मतदान गरेका छन् ।
उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित रोपवे मतदान केन्द्रमा पुगी विहान ९ः१५ बजे मतदान गरेका हुन् ।
मतदानपश्चात प्रतिक्रिया दिँदै श्रेष्ठले लोकतान्त्रिक अभ्यासमा जनताको उपस्थिति उत्साहजनक रहेको भन्दै प्रशंसा गरे ।
उनले नेपाललाई समृद्धितर्फ लैजान नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरेको बताउँदै समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आग्रह गरे ।
