दोलखाको सदरमुकाम चरिकोटमा विष्फोट

तु खबर संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १६:०४

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।