बसको ठक्करबाट दम्पतीको मृत्यु
झापा । झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ कन्काई नगरपालिका–७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनाली रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्वरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते उनीहरुको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएके छ । उक्त घटनाको बारेमो प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
