रामेछापका बस्नेत ललितपुरको नख्खुमा मृत फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १८:३१

काठमाडौं । ललितपुर महानगरपालिकास्थित नख्खुमा एक जनाको शव फेला परेको छ । उक्त शव रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेतको रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बस्नेत ललितपुर महानगरपालिका–१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।