डेंगु संक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार ०९:२५
file-photo

वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्वर २ काठमाडौं टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।