एकीकृत कृषि तथा खाद्य प्रणालीबारे हेटौंडामा छलफल
मकवानपुर । हेटौंडामा एकीकृत कृषि तथा खाद्य प्रणालीबारे छलफल भएको छ । खाद्यका लागि कृषि अभियानले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाको सहकार्यमा एक दिने छलफल कार्यक्रमको आयोजना गरेको हो ।
अभियानले उत्पादन पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो । अभियानका संयोजक उद्धव अधिकारीको सभाध्यक्ष तथा प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. कृष्णराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै किसानहरुको आन्दोलन यथार्थ नै रहेको बताए । अनुदान लिनका लागि मात्र फर्म दर्ता गर्ने किसानहरु बढेको भन्दै उनले कृषि अनुदान बन्द गरिएको बताए ।
यस्तै, खाद्यका लागि कृषि अभियानका अभियान्ता दिपेश नेपाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका वरिष्ठ कृषि प्रचार अधिकृत तथा प्रवक्ता झलकनाथ कंडेल लगायतले एकीकृत कृषि तथा खाद्य प्रणाली समसामायिक विषयमा मनतव्य व्यक्त गरेका थिए ।
