हेटौंडामा सालनालसहित शिशुको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तीखोलाको छेउमा आज बिहान एक जना शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुरका कार्कीका अनुसार, उक्त स्थानमा सालनालसहित शिशुको शव फेला परेको हो ।
बिहान उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा ना ४ त २६९८ नम्वरको ट्याक्टरले विभिन्न स्थानहरुबाट फोहोर जम्मा गरी सो स्थानमा लगी जलाउने फोहोर एकातिर र नजलाउने फोहोर एकतिरा फिल्टर गर्ने क्रममा फोहोरको बोरा भित्र प्याक गरिएको अवस्थमा शिशु (बालिका) को शव फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
मृतक शिशुको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल लगिएको मकवानपुर प्रहरीले जनाएको छ ।
