पिङबाट खसेर एक जनाको मृत्यु
नेपालगन्ज । बाँकेको गुरुवा गाउँमा लागेको मेलामा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका ६ की ६४ वर्षीया गौरी बुढा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पिङ खेल्ने क्रममा खसेर घाइते भएकी बुढालाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बुढाको शव पोस्टमार्टमको लागि भेरी अस्पतालमा लगिएको छ ।
