पत्रकार अधिकारी मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार ०७:५२
सांकेतिक तस्वीर

काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा फेला परेका हुन् । भेटिएका हुन् ।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, अधिकारी कात्तिक २१ बाट सो होटलमा बसेका थिए ।

चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारीले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।