नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
रसिया । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।
स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो ।
आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
