हेटौंडा बसपार्कमा सरसफाई कार्यक्रम

तु खबर संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १६:५४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्क क्षेत्रमा शुक्रबार बिहान सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

सरसफाई कार्यक्रम प्रहरी चौकी बसपार्क तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् होटल एसोसियशन मकवानपुरको सहकार्यमा भएको हो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडाका अध्यक्ष प्रदीप कँडेलको सभाध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बिक्रम खड्का मगरको प्रमुख आतिथ्यतामा भएको हो ।

चाडपर्व सकिएसँगै चाडपर्वको समयमा गरिएको फोहोरहरुको व्यवस्थापन गर्नलाई उक्त कार्यक्रमको आयोजना गरिएको उपकेन्द्रका अध्यक्ष कँडेलले बताए । कार्यक्रममा होटल एसोसियशन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेललगायतको उपस्थिति रहेको थियो ।