मकवानपुरमा डेंगु संक्रमितको संख्या ५९६५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ९६५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ९६५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा २ हजार ९०६ जना पुरुष र २ हजार ३५९ जना महिला गरी ५ हजार ९६५ जना महिला रहेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार २५२ जना पुरुष र १ हजार ८१६ जना महिला गरी ४ हजार ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४२२ जना पुरुष र ३७४ जना महिला गरी ७९६ जना, थाहानगरपालिकामा १०३ जना पुरुष र ६४ जना महिला गरी १६७ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र २८ जना महिला गरी ७१ जना, भीमफेदी गाउँपालिकामा १८ जना पुरुष र २२ जना महिला गरी ४० जना रहेका छन् ।
यसैगरी, बकैया गाउँपालिकामा १५ जना पुरुष र २५ जना पुरुष गरी ४० जना, राक्सिराङ गाउँपालिकमा १६ जना पुरुष र ४ जना महिला गरी २० जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र २९ जना महिला गरी २९, अन्य जिल्लाका १२ जना पुरुष र ४ जना महिला गरी १६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
