ग्यास लिक हुँदा निसास्सिएर १ जनाको मृत्यु

मोरङ । मोरङको विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर एक जना कामदारको मृत्यु भएके हो ।
मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस् भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।
चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । मृतक चौधरीके शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।